गण्डकी प्रदेशमा थपिए कोरोनाका २५ नयाँ संक्रमित
काठमाडौं, असोज ७ : गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको...
काठमाडौं, असोज ७ : गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये कास्कीको पोखरा महानगरपालिकामा आठ जना, कास्कीको अन्नपूर्ण गाउँपालिकाका एक र स्याङ्जामा तीनजना रहेका छन्। त्यस्तै, नवलपुरका एक, म्याग्दीका एक, तनहुँका चार, लमजुङमा पाँच, र बाग्लुङमा दुईजनामा संक्रमण पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ४८ पुगेको छ।
प्रकाशित मिति: २०:१७ बजे, बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)


