Kathmandu Press

बाढीपहिरोले देशभरका १३ सडक ठप्प, ९६ आंशिक सञ्चालन

काठमाडौं असोज ७ : दुई दिनदेखि लगातार भइरहेको वर्षाले बाढी र पहिरो आउँदा देशका विभिन्न भागमा सडक अवरुद्ध भएका छन्। सडक विभागका अनुसार...
बाढीपहिरोले देशभरका १३ सडक ठप्प, ९६ आंशिक सञ्चालन

काठमाडौं असोज ७ : दुई दिनदेखि लगातार भइरहेको वर्षाले बाढी र पहिरो आउँदा देशका विभिन्न भागमा सडक अवरुद्ध भएका छन्। सडक विभागका अनुसार देशभर १३ सडक अवरुद्ध भएका छन् भने ९६ सडकखण्ड आंशिक रुपमा सञ्चालन भइरहेका छन्।

विभागका अनुसार बुधबार बिहान कान्ति लोकपथको प्रतापडाँडामा पहिरो जाँदा सडक अवरुद्ध विभागले जनाएको छ।

मंगलबार पनि कान्ति लोकपथको छपेलीमा पहिरो गएको थियो। त्यस्तै, कान्ति लोकपथअन्तर्गत नै भालु खोलामा आएको बाढी र पहिरोले सडक अवरुद्ध भएको विभागका प्रवक्ता शिवहरी सापकोटाले बताए।

Hardik ivf

यस्तै, भदौं ३१ गते आएको पहिराले बेनी–जोमसोम सडकको रुप्सेखण्ड अवरुद्ध भएको छ। बढीले कल्भर्ट बगाएको विभागले जनाएको छ।

बुढीगंगा नदीको बाढीले साँफेबगर–मार्तडी सडकको अम्कोटद्वारी खण्ड अवरुद्ध भएको छ। साउन ४ गतेदेखि यो सडक अवरुद्ध भएको हो भने अझै असोज १५ गतेसम्म नखुल्ने विभागले जनाएको छ।

बुढीगंगा नदीको वहावले पाँच सय मिटर सडक क्षति भएकाले धेरै समय लागेको विभागका प्रवक्ता सापकोटाले बताए। ‘निर्माणस्थलमा पनि बाढी पहिरो गइरहने भएकाले निर्माणमा कठिन भइरहेको छ,’ उनले भने। यसैगरि साँफेबगर–मार्तडीकै बल्दे खण्ड पनि अवरुद्ध भएको छ।

यस्तै, बेशीशहर–चामे सडकको घोप्टे खोलामा ह्युम पाइप बाढीले बगाएको छ। ज्सले गर्दा एकमहिना साउन २२ गतेदेखि यो सडक अवरुद्ध भएको छ। अझै सञ्चालनमा ल्याउन केही दिन लाग्ने विभागले जनाएको छ।

 

 

प्रकाशित मिति: २०:११ बजे, बुधबार, असोज ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्