Kathmandu Press

पृथ्वीराजमार्ग पहिरो, दुई कन्टेनर पुरिए

धादिङ, असोज ७ : पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन्।सडकमाथिबाट आएको पहिरोमा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८...
पृथ्वीराजमार्ग पहिरो, दुई कन्टेनर पुरिए

धादिङ, असोज ७ : पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन्।

सडकमाथिबाट आएको पहिरोमा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुग्लिनबाट काठमाडौँ आउँदै गरेको एचआर ३३–९९०१ नंको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
 
गजुरी गाउँपालिका–१ स्थित गलौँदीमा बिहान सडक माथिबाट आएको पहिराले सडकमा गुडिरहेका सवारीसाधन पुरिएका हुन्। अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधन रोकिएका छन्। राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र गाउँपालिकाको पहल भइरहेको छ। 

प्रकाशित मिति: १९:१५ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्