Kathmandu Press

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

बाँके, असोज ७ : भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नगरपालिका ३ का वडाध्यक्षको मृत्यु भएको छ। ३९ का सूर्यबहादुर थारुको...
कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

बाँके, असोज ७ : भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नगरपालिका ३ का वडाध्यक्षको मृत्यु भएको छ। ३९ का सूर्यबहादुर थारुको आज कोरोना संक्रमणबाट मृत्यु भएको हो। 

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका  कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको थियो।

प्रकाशित मिति: १९:०३ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्