Kathmandu Press

अतिक्रमित भूमि फिर्ताको माग गर्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं, असोज ७ : चीनले सीमा क्षेत्र हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै बालुवाटारमा विरोध प्रदर्शन भएको छ।नेपाली भूमि अतिक्रमण गरेर भवन निर्माण...
अतिक्रमित भूमि फिर्ताको माग गर्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं, असोज ७ : चीनले सीमा क्षेत्र हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै बालुवाटारमा विरोध प्रदर्शन भएको छ।

नेपाली भूमि अतिक्रमण गरेर भवन निर्माण गरेको भन्दै युवाहरुको समूहले  चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका हुन्।

युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसहित सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गरेका छन्।

हुम्लाको नाम्खा गाउँपालिका ६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति: १८:२७ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्