Kathmandu Press

पौडेलको प्रश्न : सरकार जनताको की पार्टीको ?

काठमाडौं, असोज ७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पार्टीको पेवा नभए जनताको हुने बताएका छन्। उनले सरकार लोकतन्त्रमा सँधै सरकार...
पौडेलको प्रश्न : सरकार जनताको की पार्टीको ?

काठमाडौं, असोज ७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पार्टीको पेवा नभए जनताको हुने बताएका छन्। उनले सरकार लोकतन्त्रमा सँधै सरकार जनताको हुने बताएका हुन्।

उनले अहिले कम्युनिष्ट पार्टीले सरकार संवैधानिक परिषद् र न्याय परिषदलगायतका स्वायत्त निकायमा गर्नुपर्ने नियुक्ति आफ्नो अनुकुलको रोष्टर बनाएर पार्टीको निर्देशन बमोजिम गर्न कुरा आएको र यो सर्वसत्तावादको तानावाना भएको बताएका छन्। 

‘लोकतन्त्रमा पार्टीको घोषणापत्र र उमेदवार हेरेर जनताले चुने पनि सरकार पार्टीको पेवा हुँदैन, जनताको हुन्छ,’ उनले भनेका छन्, ‘अहिले नेपालको कम्युनिष्ट पार्टीको चालामाला हेर्दा सरकार, संवैधानिक परिषद र न्याय परिषद तथा अन्य स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिहरु समेत पार्टीले आफ्नो अनुकुलको रोष्टर बनाएर पार्टीकै निर्देशन बमोजिम गर्नुपर्ने  भन्ने कुरो आएको छ। यो भनेको संबैधानिक सर्बोच्चता हैन, सर्वसत्तावाद तिरको तानावाना हो।’ 

पौडेलले देश  र जनता प्रति हैन नितान्त कम्यूनिष्ट पार्टी प्रति जवाफदेही हुने प्रथा कम्युनिष्ट अधिनायकवादमा मात्र हुने बताएका छन्।

प्रकाशित मिति: १८:१६ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्