Kathmandu Press

६९ जना वीरेन्द्र सैनिक तालिम केन्द्रका सैनिकसहित काभ्रेमा ७९ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे, असोज ७ : काभ्रेमा एकै दिन ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा ७९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण...
६९ जना वीरेन्द्र सैनिक तालिम केन्द्रका सैनिकसहित काभ्रेमा ७९ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे, असोज ७ : काभ्रेमा एकै दिन ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा ७९ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमण पुष्टि भएका मध्ये ६९ जना पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका  सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ। 

पोष्टका अनुसार मंगलबारको परीक्षणमा थप पाँचखाल–५ का ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका पाँच र पाँचखाल–७ का एक तथा धुलिखेल र बनेपा नगरपालिकाका दुई/दुईमा कोरोना संक्रमण देखिएको छ। नेपाली सेनाको छाउनीस्थित अस्पतालमा गरिएको पीसीआर परीक्षणमा तालिम केन्द्रमा रहेका ६९ सैनिकमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाका अनुसार यसअघि उक्त केन्द्रका १० सैनिकमा संक्रमण देखिएको थियो। नेपाली सेनाले ‘मिसन’मा जाने सैनिकलाई उक्त केन्द्रमा अन्तिम तालिम दिएर पठाउने गरेको छ। 

नेपाली सेनाले आफ्नै व्यवस्थापनमार्फत पाँचखालको संक्रमण रोक्ने प्रयास भइरहेको जनाएको छ। यसअघि पाँचखालस्थित सशस्त्र प्रहरीको १५ नम्बर गणका १० तथा जिल्लास्थित नेपाल प्रहरीका २२ र धुलिखेलस्थित नेपाली सेनाका आठमा कोरोना संक्रमण देखिएको थियो। हालसम्म जिल्लास्थित सुरक्षा निकायमा १०९ मा कोरोना संक्रमण देखिएको जनाइएको छ।

जिल्लामा हालसम्म ५४१ मा कोरोना संक्रमण देखिएको छ। पोष्टका अनुसार कूल संक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३४० उपचारपछि घर फर्किएका छन्। १९५ सक्रिय संक्रमितमध्ये १३२ अस्पताल आइसोलेसन र ६३ को होम आइसोलेसनमा उपचाररत छन्। 

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्