Kathmandu Press

पाँच सय सात कैदीबन्दीमा काेराेना संक्रमण पुष्टि, व्यवस्थापनमा कठिनाई

सिरहा, असोज ७ : सिरहा जिल्ला कारागारमा एकैपटक ५०७ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। एकै पटक धेरै जनामा संक्रमण पुुष्टि भएपछि समस्यामा परेको...
पाँच सय सात कैदीबन्दीमा काेराेना संक्रमण पुष्टि, व्यवस्थापनमा कठिनाई

सिरहा, असोज ७ : सिरहा जिल्ला कारागारमा एकैपटक ५०७ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

एकै पटक धेरै जनामा संक्रमण पुुष्टि भएपछि समस्यामा परेको कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ। ४१औँ  सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका संक्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो।

मुक्ति नेपालका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, एक लिटर स्यानिटाइजर र महिला कैदीबन्दीका लागि २० थान झुल प्रदान गरेका छन्। 

एकैपटक अधिकांश कैदीबन्दीमा कोरोना संक्रमण देखिएपछि केही सहयोग होस् भन्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको उपस्थितिमा कारागार प्रमुख बबिता महतोलाई उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष साहले जानकारी दिए।

कूल १२५ कैदीबन्दीको क्षमता रहेको सो कारागारमा हाल ५९९ कैदीबन्दी छन्। कारागारमा रहेका ५९९ कैदीबन्दीमध्ये हालसम्म ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको कारागार प्रशासनले जनाएको छ। एकैपटक ५०० भन्दा बढी कैदीबन्दीमा कोरोना संक्रमण भएपछि व्यवस्थापनमा कठिनाइ भइरहेको कारागार प्रमुख महतोको भनाइ छ। संक्रमित सबैलाई कारागारभित्रै राख्नुपर्ने बाध्यताका कारण जोखिम बढेको छ।

‘कारागारमा रहेका बाँकी ९२ कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छैन,’ कारागार प्रमुख महतोले भने, ‘संक्रमित कैदीबन्दीलाई कारागारमै राखिएका कारण बाँकी कैदीबन्दीमा पनि संक्रमण हुने जोखिम बढेको छ।’ 

एकैपटक ठूलो संख्यामा कैदीबन्दी संक्रमण देखिएपछि संक्रमितलाई दिनुपर्ने रोग प्रतिरोधात्मक तथा पोषणयुक्त खानाको व्यवस्था मिलाउन समस्या भइरहेको उनले बताए।

प्रकाशित मिति: १७:४७ बजे, बुधबार, असोज ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्