वामदेव गौतमविरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ
काठमाडौं, असोज ७ : सरकारको सिफारिशमा राष्ट्रिय सभा सदस्यमा मनोनित नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेका दुवै निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाई हुन लागेको...
काठमाडौं, असोज ७ : सरकारको सिफारिशमा राष्ट्रिय सभा सदस्यमा मनोनित नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेका दुवै निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाई हुन लागेको छ।
गौतमविरुद्धका दुवै निवेदनको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीश न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ। अजा प्रकाशित पेसी–सूचीअनुसार, अधिवक्ता बद्रीराज भट्टले दर्ता गरेको निवेदन पहिलो क्रममा छ भने त्यसलगत्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको निवेदन छ। दुवै जनाले गौतमको मनोनय बदर गर्न माग गरि निवेदन दिएका थिए।
गौतम प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका थिए। प्रतिनिधिसभामा पराजित व्यक्तिलाई त्यहि अवधिमा राष्ट्रिय सभामा मनोनित गर्नु संविधान विपरित भएको जिकिर गर्दै दुवै जनाले निवेदन दिएका थिए।
निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेकपालाई पनि विपक्षी बनाइएको छ।
प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमाले उम्मेदवार गौतम बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतमसँग पराजित थिए। तैपनि, मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिशका आधारमा राष्ट्रपतिले असोज १ गते गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

