Kathmandu Press

कोरोना संक्रमणबाट ललितपुरका दुई जनाको मृत्यु

काठमाडौं, असोज ७ : कोरोना संक्रमणबाट ललितपुरमा थप दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा...
कोरोना संक्रमणबाट ललितपुरका दुई जनाको मृत्यु

काठमाडौं, असोज ७ : कोरोना संक्रमणबाट ललितपुरमा थप दुई जनाको मृत्यु भएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो। 

अल्का अस्पतालमा उपचाररत पाटनका ७४ वर्षीय वृद्धको मंगलबार राति मृत्यु भएको हो। कलेजोको समस्या रहेको उनी भदौं १६ गते अस्पताल भर्ना भएका थिए।

धापाखेलका ८० वर्षीय वृद्धको मंगलबार मेघा अस्पतालमा मृत्यु भएको हो। भदौं ६ गते उपचारको लागि अस्पताल भर्ना भएका उनमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो।

मृतकको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: १७:२१ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्