Kathmandu Press

रिएजेन्ट सकिएपछि चितवनकाे प्रयाेगशाला बन्द, नमूना काठमाडौं पठाइँदै

भरतपुर, असोज ७ : भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मङ्गलबारदेखि प्रयोगशाला बन्द भएको छ। यहाँ सङ्कलन भएको...
रिएजेन्ट सकिएपछि चितवनकाे प्रयाेगशाला बन्द, नमूना काठमाडौं पठाइँदै

भरतपुर, असोज ७ : भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मङ्गलबारदेखि प्रयोगशाला बन्द भएको छ। यहाँ सङ्कलन भएको नमूना काठमाडौं पठाउन थालिएको छ।

प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि परीक्षण बन्द भएको छ। मङ्गलबार मात्र तीन सय २५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले बताइन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालालगायत अन्य प्रयोगशालामा रिएजेन्ट खोज्ने काम भइरहेको अधिकारीको भनाइ छ। प्रयोगशालामा चाहिने आरएनए एब्सट्र्याक्सन किट र पिसीआर रिएजेन्टमध्ये रिएजेन्ट सकिएको हो।

निजी क्षेत्रबाट चितवन मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पिसीआर परीक्षण गर्दै आएका छन्। ती दुवै संस्थाले शुल्क लिएर परीक्षण गर्दछन् । भरतपुर प्रयोगशालाले भने निःशुल्क परीक्षण गरिरहेको छ।

गत चैत २२ गते शुरु भएको यस प्रयोगशालाले हालसम्म २५ हजारभन्दा बढी नमूनाको परीक्षण गरिसकेको छ। चितवनसहित बाहिरी जिल्लाबाट समेत नमूना परीक्षणका लागि यहाँ पठाइने गरेको छ। (रासस)

प्रकाशित मिति: १७:०६ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्