राजनीतिकर्मी आचार्यको ८७ वर्षको उमेरमा निधन
काठमाडौं, असोज ७ : राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको ८७ वर्षको उमेरमा निधन भएको छ।मुटु र मिर्गौलामा समस्या हुँदा तीन सातादेखि काठमाडौंंको नर्भिक...
काठमाडौं, असोज ७ : राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको ८७ वर्षको उमेरमा निधन भएको छ।
मुटु र मिर्गौलामा समस्या हुँदा तीन सातादेखि काठमाडौंंको नर्भिक अस्पतालको आईसीयूमा उपचाररत आचार्यको गएराति निधन भएको हो। उनको राति नै दाहसंस्कार गरिएको परिवारले जनाएको छ।
जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको ते¥हथुमका लागि उनले सत्याग्रही कमाण्डर बनेर नेतृत्व गरेका थिए। राजपरिषद् स्थायी समितिका सदस्य पनि रहेका आचार्यको नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा योगदान रहेको छ।
वामपन्थी पृष्ठभूमिका उनी विसं २०१६ देखि धरान नगरपालिकाको तीन पटक प्रमुखमा निर्वाचित भएका थिए। उनकै अगुवाइमा नेपालमै पहिलो पटक सामुदायिक बिजुली उत्पादनगृह (पावर हाउस) स्थापना गरि धरानमा बिजुली वितरण गरिएको थियो।
कथाकार आचार्यका तीन कथासंग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे‘, जे भोगे‘’ प्रकाशित छन्। धनकुटाको छथरस्थित तेलिया पीपलेमा विसं १९९० मा जन्मएका आचार्यले स्नातकोत्तरसम्म अध्ययन गरेका थिए।








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
