Kathmandu Press

पृथ्वी राजमार्गमा पहिरो, दुई गाडी च्यापिए

धादिङ, असोज ७ : पृथ्वी राजमार्गअन्तरगत धादिङको गजुरीमा पहिरो गएको छ। आज बिहान गएको पहिरोमा दुई गाडी पुरिएका छन्।ट्राफिक प्रहरी कार्यालय, गजुरीका अनुसार...
पृथ्वी राजमार्गमा पहिरो, दुई गाडी च्यापिए

धादिङ, असोज ७ : पृथ्वी राजमार्गअन्तरगत धादिङको गजुरीमा पहिरो गएको छ। आज बिहान गएको पहिरोमा दुई गाडी पुरिएका छन्।

ट्राफिक प्रहरी कार्यालय, गजुरीका अनुसार धादिङको गजुरी गाउँपालिका५ गलौदीमा बिहान पहिरो गएको हो। पहिरोमा काठमाडौंबाट धनगढीतर्फ गइरहेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर च्यापिएको छ।

त्यस्तै, काठमाडौं आउँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय कन्टेनर पनि पहिरोमा च्यापिएको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर नेत्र भट्टले बताए। गाडी च्यापिए पनि मानवीय क्षति हुनबाट भने जोगिएको उनले बताए।

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग गाडी र यात्रुको लामो लाइन लागेको छ।

पहिरो पन्छाउन डोजर परिचालित गरिएको ट्राफिक प्रहरीले जनाएको छ। सडक खुलाउन अझै केही समय लाग्ने इन्स्पेक्टर भट्टले बताए।

त्यस्तै, पहिरोले गर्दा आज बिहानदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्रै सञ्चालन भइरहेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान पहिरो खसेको हो। पहिरो पन्छाएर सकड एकतर्फी रुपमा मात्रै सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १६:१२ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्