आईसीयूमा उपचाररत ८६ वर्षीय बृद्धको कोरोनाबाट मृत्यु
विराटनगर, असोज ७ : आईसीयूमा राखेर उपचार भइरहेका झापाका ८६ वर्षीय बृद्धको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा...
विराटनगर, असोज ७ : आईसीयूमा राखेर उपचार भइरहेका झापाका ८६ वर्षीय बृद्धको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत झापाको भद्रपुर–१० का ८६ वर्षीय वृद्धको आज बिहान ५ः५० बजे मृत्यु भएको हो। उनको उपचारका क्रममै मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए।
उनी सन्चो नभएपछि असोज ३ गते अस्पताल भर्ना भएका थिए। त्यसपछि कोरोना परीक्षण गरिएको थियो। असोज ५ गते आएको रिपोर्टमा कोरोना पोजिभिट देखिएको अस्पतालको आइसोलेसनका प्रमुख डा. पुरु कोइरालाले बताए।
कोरोना संक्रमण देखिएपछि आईसीयूमा राखेर उपचार थालिएको थियो। उपचारका क्रममै आज बिहान मृत्यु भएको डा. कोइरालाले बताए।
उनलाई ज्वरोसँगै निमायोनिया पनि देखिएको थियो। त्यस्तै, श्वासप्रश्वासमा समस्या भएको थियो। जटिल खालको निमोनिया भएपछि बचाउन नसकिएको डा.कोइरालाको भनाइ छ।
बृद्ध मधुमेहबाट पनि पीडित थिए। त्यससँगै कोरोना संक्रमण भएपछि मिर्गौलासम्बन्धी समस्या थपिएको थियो।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

