Kathmandu Press

मुलुकका विभिन्न स्थानमा रातिदेखि भारी वर्षा, शुक्रबारसम्म सतर्कता अपनाउन आह्वान

काठमाडौँ, असोज ७ : गए रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले...
मुलुकका विभिन्न स्थानमा रातिदेखि भारी वर्षा, शुक्रबारसम्म सतर्कता अपनाउन आह्वान

काठमाडौँ, असोज ७ : गए रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

लमजुङका बेसिशहर, खुदीबजार लगायत आसपासका स्थानमा गएराति धेरै ठूलो वर्षा भएको केन्द्रले जनाएको छ । सो क्षेत्रमा अझै वर्षा जारी रहेकाले साना नदीहरूमा पनि आकस्मिक बाढी आउन सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम  बढेकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा नै ठूलो वर्षा हुने सम्भावना छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

मनसुन सेप्टेम्बर २३ अर्थात् आज नै सकिने आकलन गरिए पनि यो अझै केही दिन लम्बिने मौसमविद्ले जनाएका छन् । आजदेखि मनसुनी प्रभाव मध्य र केही पश्चिमतिर केन्द्रित हुनेछ । यसपालि औषतभन्दा बढी नै वर्षा भइसकेकाले जमिन गलेको अवस्थामा थोरै पानी पर्दा नै धेरै क्षति हुने भएकाले उच्च सावधानी अपनाउन मौसमविद्ले सबैमा अनुरोध गरेका छन् ।

बाढी पहिरोबाट वैशाखयता ३७५ को मृत्यु, १०० बेपत्ता र ४२० घाइते भएका छन् । त्यसमध्ये पहिरोबाट मात्रै २७२ को मृत्यु र ७४ वेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १२:४५ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्