बर्दियाका कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौं, असोज ७ : बर्दियाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा नेशनल मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको...
काठमाडौं, असोज ७ : बर्दियाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा नेशनल मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए।
यससँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुने पाँच जना पुगेका छन् । यसअघि कैलाली, अछाम, अर्घाखाँची र सुर्खेतका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।
प्रकाशित मिति: १२:२० बजे, बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

