Kathmandu Press

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ९० हजार पुग्यो

काठमाडौं, असोज ७ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९० हजार पुगेको छ ।पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको...
भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ९० हजार पुग्यो

काठमाडौं, असोज ७ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९० हजार पुगेको छ ।

पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा बुधबार यो समाचार तयार पार्दासम्म मृतक संख्या ९० हजार २१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । बुधबार ८० हजार ३९१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५६ लाख ४० हजार ४९६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४५ लाख ८१ हजार ८२० जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ६८ हजार ६५५ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति: १२:१० बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्