Kathmandu Press

सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु 

सप्तरी, असोज ६ : कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट विष्णुपुर गाउँपालिका–१ का ४९ वर्षीय पुरुषको...
सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु 
सांकेतिक तस्वीर।

सप्तरी, असोज ६ : कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट विष्णुपुर गाउँपालिका–१ का ४९ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो। स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले ती पुरूषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मत्यु भएको जानकारी दिए।

नौ दिनअघि नरिबलको रुखबाट लडेर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा भदौ २९ गते पिसीआर रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि उनलाई धरानस्थित आइसोलेशन केन्द्रमा  भर्ना गरिएको थियो। उनको शव नेपाली सेनाको भीमदल गणको टोलीले व्यवस्थापन गरेको छ। 

योसँगै कोरोना संक्रमणबाट सप्तरीमा मृत्यु हुने संख्या ११ पुगेको छ।

प्रकाशित मिति: ०१:०२ बजे, बुधबार, असोज ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्