अनशनरत डा. केसीलाई ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल सारियो
काठमाडौं, असोज ६ : अनशनरत डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ। चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा आमरण अनशनमा बसिरहेका डा....
काठमाडौं, असोज ६ : अनशनरत डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा आमरण अनशनमा बसिरहेका डा. केसीलाई मंगलबार काठमाडौं ल्याएर त्रिवि विमानस्थलबाट सिधैँ राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो।
डा. केसीको इच्छा विपरीत ट्रमा सेन्टर लगिएको विषयमा सर्वत्र विरोध भएपछि मंगलबार साँझ उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगेर भर्ना गरिएको हो।
ट्रमा सेन्टरमा बस्न नमानेपछि डा. केसीलाई अस्पतालले बाहिर निस्कन दिएको र शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको उनका सहयोगी डा. प्रविण गिरीले जानकार िदिए। आकस्मिक कक्षमा भर्ना भएका डा. केसीले आमरण अनशनलाई भने निरन्तरता दिएका छन्।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै डा.केसी भदौ २९ गते जुम्लामा अनशनमा बसेका थिए।
प्रकाशित मिति: ००:५० बजे, बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

