Kathmandu Press

यसरी हुँदैछ त्रिभुवन विमानस्थलको धावनमार्गमा कालोपत्रे

काठमाडौं, वैशाख ११ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम चलिरहेकाे छ।

कालोपत्रेका गर्नका लागि राति १० बजेदे....

यसरी हुँदैछ त्रिभुवन विमानस्थलको धावनमार्गमा कालोपत्रे
रासस

काठमाडौं, वैशाख ११ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम चलिरहेकाे छ।

कालोपत्रेका गर्नका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको छ। त्यहि रातिको समयमा धावनमार्गमा कालोपत्रे भइरहेको हो।

गत चैत १८ गतेदेखि कालोपत्रको काम भइरहेको हो। वर्षात सुरू हुनुभन्दा अघि नै काम पूरा गर्ने लक्ष्य राखेर कालोपत्रे भइरहेको विमानस्थलले जनाएको छ।

तीन किलोमिटर लामो धावनमार्ग कालोपत्रे गर्ने तीन महिना लाग्ने अनुमान गरिएको थियो। यसका लागि ७० दिनको म्याद दिइएको छ।

त्यतिञ्जेल बिहान ८ देखि राति १० बजेसम्म मात्रै विमानस्थल संचालन हुने जनाएको छ।

 

प्रकाशित मिति: १४:३५ बजे, बुधबार, वैशाख ११, २०७६