Kathmandu Press

डा.केसीमाथि प्रहरीकाे दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा

काठमाडाैं, असाेज ६   नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रहरीले सत्याग्राही डा. गोविन्द केसीमाथि गरेको व्यवहारको विरोध जनाएको छ। सामाजिक...
डा.केसीमाथि प्रहरीकाे दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा

काठमाडाैं, असाेज ६ : नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रहरीले सत्याग्राही डा. गोविन्द केसीमाथि गरेको व्यवहारको विरोध जनाएको छ। 

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता थापाले डा. केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारलाई क्रुरताको पराकाष्ठा भनेका छन्।

‘सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्ठा! सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाईंदैन। अनसनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ, क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ। सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ।’ उनले लेखेका छन्। 

जुम्लामा अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि आज दिउँसो हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। विमानस्थलमा ओर्लने बितिकै प्रहरीले उनलाई उनको इच्छा विपरित जर्वरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो।

 

प्रकाशित मिति: ००:०४ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्