एक महिनाभित्र पर्सामा २५ हजार मेट्रिकटन युरिया मल आउने
वीरगञ्ज, असोज ६ : पर्सामा विगत दुई महिनादेखि युरिया मलको अभाव छ। मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र मल पाउने भएको कृषि सामग्री...
वीरगञ्ज, असोज ६ : पर्सामा विगत दुई महिनादेखि युरिया मलको अभाव छ।
मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ। बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेकाले सो मल एक महिनाभित्र आइपुग्ने कार्यालयका प्रबन्धक गोरखनाथ केसीले बताए। उनले बङ्गलादेशबाट नेपालको लागि आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये पर्सा जिल्लाका लागि २५ हजार मेट्रिकटन हुने भएकाले लामो समयदेखि देखिएको मलको अभाव समाप्त हुने बताए।
कार्यालयले धान खेतीलाई लक्षित गरी पर्सा जिल्लामा असारसम्म युरिया मल बिक्री गरेको थियो। कार्यालयले प्राप्त गरेको मल प्रदेश नं २, ३ र ४ को १६ वटा कार्यालयमा पठाउँदै आएको छ।
यसैगरी आर्थिक वर्ष २०७६÷०७७ मा युरिया र डएपी मल छ÷छ हजार मेट्रिक टन तथा पोटास सात सय टन बिक्री गरेको छ। गत पुस महिनामा मल ल्याउने ठेक्का पाएका शैलुंग इन्टरप्राइजेज र होनीको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा युरिया मलको अभाव देखिएको हो। मन्त्रालयले सापटीमा मल ल्याउन अनुमति दिएपछि कृषि सामग्री कम्पनी लिमिटेडले सात दिनको समय राखेर बोलपत्र (टेण्डर) आह्वान गरिसकेको छ।
समयमा रासायनिक मल नआउँदा यस भेगमा गरिने मकै, धान, मसुरोलगायत बर्खेबाली खेती प्रभावित हुने किसानको भनाइ छ। पर्सामा ४६ हजार हेक्टरमा धान खेती हुँदै आएको छ।








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
