Kathmandu Press

काठमाडौंका सयौँ स्वास्थ्यकर्मी कोरोना संक्रमित

काठमाडौं, असोज ६ : कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न काठमाडौंका सयौं स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा....
काठमाडौंका सयौँ स्वास्थ्यकर्मी कोरोना संक्रमित

काठमाडौं, असोज ६ : कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न काठमाडौंका सयौं स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङको क्रममा स्वास्थ्यकर्मी बिरामी पर्दा उनीहरूले दिने सेवा घटेको बताएका हुन्। उनले सयौं स्वास्थयकर्मी संक्रमित भएपनि सेवा प्रभावित हुन नदिन मन्त्रालयले व्यवस्थापन गरिरहेको बताएका छन्।

उनले भने, ‘यसैगरी स्वास्थ्यकर्मी बिरामी हुँदै जान थाले स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ आउँछ, यसकारण काठमाडौं उपत्यकामा बढोत्तरी भइरहेको संक्रमितको संख्याले हामीलाई बहुत चिन्तित बनाएको छ।’ 

उनले उपत्यकामा संक्रमितको संख्या बढ्दै गएको बताउँदै ६० वर्ष उमेर नाघेका, विभिन्न स्वास्थ्य समस्या भएका बिरामीहरू, डाइलाइसिस गराइरहेका बिरामी तथा गर्भवती महिलाहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेका छन्।

प्रकाशित मिति: २२:५२ बजे, मंगलबार, असोज ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्