Kathmandu Press

काठमाडौंमा ५११ सहित उपत्यकामा थपिए ६४७ जना कोरोना संक्रमित

काठमाडौंमा ५११ सहित उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौंमा ५११ सहित उपत्यकामा थपिए ६४७ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, असोज ६ : काठमाडौंमा ५११ सहित उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५११ , भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, मंगलबार नेपालमा थप १३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ। संक्रमितमध्ये ४८ हजार ६१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४२९ जनाको मृत्यु भएको छ।   

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर ८२३ जना घर फर्किएका छन्।     

प्रकाशित मिति: २२:१६ बजे, मंगलबार, असोज ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्