सभापति देउवाले ओढाए ताम्राकारको पार्थिक शरीरमा झण्डा
काठमाडौं, वैशाख ११ : पूर्वमन्त्री एवं कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको पार्थिक शरीरमा कांग्रेसको झण्डा ओढाइएको छ।
बुधबार कांग....
काठमाडौं, वैशाख ११ : पूर्वमन्त्री एवं कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको पार्थिक शरीरमा कांग्रेसको झण्डा ओढाइएको छ।
बुधबार कांग्रेस केन्द्रीय कार्याल्यमा सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएका हुन्। ताम्राकारको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको थियो।
उनको पार्थिव शरीरमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा.रामशरण महतलगायतका नेताले श्रद्धाञ्जली अर्पण गरेका थिए। श्रद्धाञ्जली अर्पण कांग्रेस नेता कार्यकर्ता केन्द्रीय कार्यालय सानेपा पुगेका थिए।
यसैबीच कांग्रेस संसदीय दलको कार्यालयले ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेको छ। प्रमुख सचेतक बालकृष्ण खाँणले आज विज्ञप्तिमार्फत् नेपालको लोकतान्त्रिक आन्दोलनमा ताम्राकारले पु¥याएको योगदानको स्मरण गर्दै दुःख व्यक्त गरेका छन्।
नेता ताम्राकारको मंगलबार उपचारको क्रममा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो। वि.सं. २०४८ र २०५६ मा कांग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए। उनले स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्तिलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।











