Kathmandu Press

थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि 

नेपालमा थप १३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, असोज ६ : नेपालमा थप १३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ। संक्रमितमध्ये ४८ हजार ६१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४२९ जनाको मृत्यु भएको छ।   

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर ८२३  जना घर फर्किएका छन्।     

प्रकाशित मिति: २२:०३ बजे, मंगलबार, असोज ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्