संवैधानिक आयोगलाई पूर्णता दिन नेकपाले गरायो प्रधानमन्त्री ओलीको ध्यानाकर्षण
काठमाडौैं, असोज ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले रिक्त रहेका संवैधानिक अंगहरुमा पदपूर्ति गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको ध्यानाकर्षण...
काठमाडौैं, असोज ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले रिक्त रहेका संवैधानिक अंगहरुमा पदपूर्ति गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएको छ।
बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले संवैधानिक परिषद्को बैठक तत्काल बोलाएर रिक्त स्थानमा पदपूर्ति गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
“आजको बैठकमा संवैधानिक निकायका विषयमा केन्द्रित रह्यो बैठकले रिक्त निकायहरुमा पदपूर्तिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। संवैधानिक परिषद्को बैठक तत्काल डाक्न बैठकले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ,’ उनले भने।
बैठकमा प्रधानमन्त्री ओलीले विपक्षी दलका नेतासँग पनि यसबारे बारम्बार परामर्श गरेको भन्दै छिट्टै रिक्त स्थानमा पदपूर्ति गरिने जवाफ दिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित १० संवैधानिक निकायमा ४० भन्दा बढी पद रिक्त छन्।
संविधान बनेको पाँच वर्षसम्म पनि संविधान अनुसार गठन भएका आयोगमध्ये १० वटा आयोगले पूर्णता पाउन सकेका छैनन्। पार्टीभित्रको शक्ति सन्तुलन र प्रतिपक्षी दलको समेत सहमति चाहिनेभ एकाले प्रधानमन्त्रीलाई संवैधानिक निकायमा नियुक्तिका लागि सकस परेको छ।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

