Kathmandu Press

भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या आजसम्मकै धेरै

काठमाडौं, असोज ६ : भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या अहिलेसम्मकै धेरै देखिएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन...
भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या आजसम्मकै धेरै

काठमाडौं, असोज ६ : भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या अहिलेसम्मकै धेरै देखिएको छ। 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले बिरामीहरु संक्रमणमुक्त भएका छन्। 

Hardik ivf

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा संक्रमणमुक्त भएकाहरुको संख्या अत्यधिक धेरै रहेकाले सन्तोषजनक अवस्था रहेको जानकारी दिएको छ।

मन्त्रालयले कुल संक्रमितमध्ये झण्डै ८० प्रतिशत मानिसहरु संक्रमणमुक्त भएको पनि जनाएको छ।

मन्त्रालयको सामाजिक सञ्जालको आधिकारीक पेजमा लेखिएको छ, ‘भारतमा संक्रमणमुक्त भएकाहरुको दैनिक संख्या उच्च हुँदै गएको छ, यो संख्या र अनुपात विश्वमै सबैभन्दा धेरै हो।’

भारतमा सोमबारसम्ममा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ५४ लाख ८७ हजार ५८१ पुगेको मन्त्रालयले जनाएको छ। 

कुल संक्रमितमध्ये दश लाख तीन हजार २९९ जना अझै पनि सक्रिय संक्रमित अवस्थामै रहेका छन् भने अरु ४३ लाख ९६ हजार ३९९ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: २०:२१ बजे, मंगलबार, असोज ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्