नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौं, असोज ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। सोमबार १ बजेको लागि कोटेश्वरस्थित पेरिसडाँडामा राखिएको बैठक स्थगित भएपछि मंगलबार...
काठमाडौं, असोज ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ।
सोमबार १ बजेको लागि कोटेश्वरस्थित पेरिसडाँडामा राखिएको बैठक स्थगित भएपछि मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।
थप गृहकार्यका लागि भन्दै हिजोको बैठक स्थगित गरि मन्त्रिपरिषद् पुनर्गठन तथा बैठकमा प्रस्तावित एजेन्डाबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो।
बैठकमा मन्त्रिपरिषद पुनर्गठन, राजनीतिक नियुक्ति, एकताको बाँकी कामबारे छलफल हुने एक नेताले जानकारी दिए।
प्रकाशित मिति: १९:०७ बजे, मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

