Kathmandu Press

सडकमाथिबाट खसेको पहिरोमा परी दुईको मृत्यु, एक घाइते

काठमाडौं, असोज ६ : गुल्मीको ईश्मा गाउँपालिका २ छल्दीपनाह रातचौर भन्ने स्थानमा सोमबार साँझ पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। अर्का एक...
सडकमाथिबाट खसेको पहिरोमा परी दुईको मृत्यु, एक घाइते

काठमाडौं, असोज ६ : गुल्मीको ईश्मा गाउँपालिका २ छल्दीपनाह रातचौर भन्ने स्थानमा सोमबार साँझ पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। 

साँझ आठ बजेतिर सडकमा हिँडिरहेका उनीहरुलाई माथिबाट खसेको पहिरोले पुरेको हो।

पहिरोमा परी ईश्मा गाउँपालिका २ हस्तिचौरका ३९ वर्षीय प्रेम बहादुर कुमाल र सोही ठाउँकै ५ वर्षीय सफल कुमालको मृत्यु भएको छ। 

त्यस्तै, सोही ठाउँकै ६० वर्षीय तिलक कुमाल घाइते भएका छन्।

उनीहरू तीनै जना सोमबार आफन्तको घरमा पूजामा सहभागी भएर घर फर्किंदै थिए। 

प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, असोज ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्