करेन्ट लागेर वडाध्यक्षको मृत्यु
सोलुखुम्बु, असोज ६ : माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको मृत्यु भएको छ।आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय...
सोलुखुम्बु, असोज ६ : माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको मृत्यु भएको छ।
आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए।
प्रहरीका अनुसार आज बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो।
स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए। उनी लेखापढी व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षसमेत रहेका थिए। उनको श्रीमती र तीन छोराछोरी रहेका छन्।
प्रकाशित मिति: १७:१६ बजे, मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)
