Kathmandu Press

ललितपुरका दुई तिहाई संक्रमित महानगरमै, कुन स्थानीय तहमा कति?

भक्तपुर, असोज ६ : काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गएको छ। अधिकांश कोरोना संक्रमित महानगरमै देखिएका छन्।उपत्यकामा सबैभन्दा बढी संक्रमण काठमाडौंमा...
ललितपुरका दुई तिहाई संक्रमित महानगरमै, कुन स्थानीय तहमा कति?

भक्तपुर, असोज ६ : काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गएको छ। अधिकांश कोरोना संक्रमित महानगरमै देखिएका छन्।

उपत्यकामा सबैभन्दा बढी संक्रमण काठमाडौंमा देखिएपनि ललितपुर र भक्तपुरमा पनि विस्तारै बढिरहेको पाइएकाे छ। ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ६ सय १० पुगेको छ। जसमा अधिकांश ललितपुर महानगरपालिकाकै रहेका छन्।

Hardik ivf

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ६ वटै स्थानीय तहमा संक्रमण देखिएको छ। जसमध्ये सबैभन्दा बढी अर्थात दुई तिहाई संक्रमित ललितपुर महानगरमै रहेका छन्। महानगरमा एक हजार दुई सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, दोस्रो नम्बरमा महालक्ष्मी नगरपालिका रहेको छ। महालक्ष्मी नगरपालिकामा दुई सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ।

यसैगरि गोदावरी नगरपालिकामा एक सय २०, बाग्मती गाउँपालिकामा सात, महांकाल गाउँपालिकामा ६ र कोन्ज्योसोम गाउँपालिकामा पाँच जनामा कोरोना देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति: १७:१२ बजे, मंगलबार, असोज ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्