धुलिखेल अस्पतालमा कोरोनाबाट एक जनाको मृत्यु
काभ्रे, असोज ६ : कोरोना भाइरसको सङ्क्रमणबाट काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा गएराति मृत्यु भएको छ।धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा...
काभ्रे, असोज ६ : कोरोना भाइरसको सङ्क्रमणबाट काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा गएराति मृत्यु भएको छ।
धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको हो। उनलाई १९ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसयता धुलिखेल अस्पतालमा उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए। डा. झाका अनुसार उनीे आमाशयको क्यान्सरबाट पीडित थिइन्।
उनी काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिदै आएकी थिइन्। त्यहि क्रममा कोरोना संक्रमण भएको परिवारजनले जनाएको छ।
योसँगै काभ्रेमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। जसमा तीन महिला र दुई पुरुष छन्।
पनौतीका दुई, पाँचखालका एक र धुलिखेल नगरपालिकाका दुईको मृत्यु भएको छ। नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो।
अहिलेसम्म काभ्रेमा कोरोना संक्रमितको संख्या चार सय ६९ पुगेको छ। उनीहरुमध्ये पाँच जनाको मृत्यु भएको छ भने तीन सय १२ जना निको भएका छन्।
त्यस्तै, अहिले एक सय ५३ सक्रिय सङक्रमित छन्। उनीहरुमध्ये ९४ अस्पतालको आइसोलेसनमा र ६७ जना होम आइसोलेसनमा बसिरहेका छन्।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

