Kathmandu Press

लमजुङमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

लमजुङमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

लमजुङ, असोज ६ : लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सोमबार साँझ ५ः३० बजे चट्याङ लागेर बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विक गम्भीर घाइते भएका थिए। उनको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा राति ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

ठूलोबुवाको घरमा बसेको बेला चट्याङ लागेर शरीरको विभिन्न भागमा चोट लागेको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।

त्यस्तै, चट्याङ लागेर त्यहि ठाउँका २२ वर्षीय चिजा गुरुङ घाइते भएका छन्। उनको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति: १५:५२ बजे, मंगलबार, असोज ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्