Kathmandu Press

उपचार नपाएर मृत्यु भएकी बृद्धामा कोरोना संक्रमण पुष्टि

झापा, असोज ६ : समयमा उपचार नपाएर मृत्यु भएका झापाका एक बृद्धालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया बृद्धालाई...
उपचार नपाएर मृत्यु भएकी बृद्धामा कोरोना संक्रमण पुष्टि

झापा, असोज ६ : समयमा उपचार नपाएर मृत्यु भएकी झापाकी एक बृद्धालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया बृद्धालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे मृत्यु भएको हो।

श्वासप्रस्वासमा समस्या भएपछि उनलाई झापाकै बिर्तामोडस्थित कनकाई अस्पताल भर्ना गरिएको थियो। असोज १ गते अस्पताल भर्नाकी बृद्धाको तीन दिनसम्म उपचार भएको थियो।

उनको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएपछि कन्काई अस्पतालले धरान लग्ने सल्लाह दिएको थियो। त्यहिअनुसार, परिवारजनले कनकाईबाट आइतबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए।

तर, धरानमा तीन घन्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि स्वास्थ्य थप कमजोर बन्दै गएको र मृत्यु भएको परिवारजनले बताएका छन्। अस्पतालले भने कोरोना परीक्षण गर्न खोज्दा ढिलाइ भएको जनाएको छ।

उनको मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। सोमबार साँझ आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले झापास्थित परिवारजन र कन्काई अस्पताललाई पनि कोरोना संक्रमण पुष्टि भएको खबर गरेको छ। बृद्धाको नेपाली सेनाको टोलीले गएराति अन्त्यष्टि गरेको छ।

प्रकाशित मिति: १५:३५ बजे, मंगलबार, असोज ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्