Kathmandu Press

जुम्लामा अनसनरत डा. केसीलाई आज काठमाडौं ल्याईदैं 

काठमाडौं, असोज ६ : सात दिनयता जुम्लामा अनसनरत बरिष्ठ चिकित्सक गोविन्द केसीलाई आज काठमाडौं ल्याईने भएको छ । जुम्लाबाट हिजो नेपालगञ्ज आइपुगेका डाक्टर...
जुम्लामा अनसनरत डा. केसीलाई आज काठमाडौं ल्याईदैं 

काठमाडौं, असोज ६ : सात दिनयता जुम्लामा अनसनरत बरिष्ठ चिकित्सक गोविन्द केसीलाई आज काठमाडौं ल्याईने भएको छ । जुम्लाबाट हिजो नेपालगञ्ज आइपुगेका डाक्टर केसीलाई आज काठमाण्डौ ल्याउन लागिएको हो ।

हिजो नेपालगञ्ज–काठमाण्डौ उडान नभएपछि उनलाई भेरी अस्पतालको आइसीयूमा राखिएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा अस्वीकार गरेपछि केसीलाई उनकै इच्छामा आज काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई आज बिहान साढे ११ बजे बुद्ध एअरको उडानबाट काठमाडौ पठाउने तयारी भैरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । डाक्टर केसीले काठमाडौं आएपनि  अनसन जारी राख्ने बताएका छन् । 

प्रकाशित मिति: १४:३५ बजे, मंगलबार, असोज ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्