Kathmandu Press

शुक्रबारसम्म भारी बर्षाको सम्भावना,सर्तक रहन आग्रह  

काठमाडौं, असोज ६ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५ दिनसम्म बर्षाको सम्भावना रहेको जनाएको छ । प्राधिकरणले सोमबार एक सूचना जारी...
शुक्रबारसम्म भारी बर्षाको सम्भावना,सर्तक रहन आग्रह  

काठमाडौं, असोज ६ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५ दिनसम्म बर्षाको सम्भावना रहेको जनाएको छ । प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै ५ दिनसम्म ठूलो वर्षा हुने सम्भावना रहेका जनाएको हो । 

प्राधिकरणको सूचनामा भनिएको छ, ‘आजदेखि असोज ९ गतेसम्म नेपालका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना देखिएको छ । यसै अवधिमा कतिपय ठाउँमा हावाहुरी र चट्याङ पर्ने सम्भावना पनि देखिएको छ ।’ हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम २० दशमलव शून्य र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। 

प्रकाशित मिति: १२:४७ बजे, मंगलबार, असोज ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्