Kathmandu Press

२४ घण्टामा भारतमा ७४ हजार वढी संक्रमित थपिए 

काठमाडौं, असोज ६ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५५ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो...
२४ घण्टामा भारतमा ७४ हजार वढी संक्रमित थपिए 

काठमाडौं, असोज ६ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५५ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

मंगलबार भारतमा ७४ हजार ४९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४४ लाख ९४ हजार ७२० जना संक्रमणमुक्त भएका छन् भने १० लाख ७६ हजार ४२० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार ९६५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: १२:२५ बजे, मंगलबार, असोज ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्