Kathmandu Press

कोरोना संक्रमणबाट झापामा एक वृद्धाको मृत्यु

विर्तामोड, असोज ५ : कोरोना संक्रमणबाट झापामा एक वृद्धाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट मेची नगरपालिका–५ की ७२ वर्षीया वृद्धाको सोमबार मृत्यु भएकोजिल्ला स्वास्थ्य...
कोरोना संक्रमणबाट झापामा एक वृद्धाको मृत्यु

विर्तामोड, असोज ५ : कोरोना संक्रमणबाट झापामा एक वृद्धाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट मेची नगरपालिका–५ की ७२ वर्षीया वृद्धाको सोमबार मृत्यु भएकोजिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाइँले जानकारी दिए। 

श्वासप्रश्वासमा समस्या भएपछि एक साताअघि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको र उपचारका क्रममा सोमबार मृत्यु भएको हो।

योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झापामा चार पुगेको छ। 
 

प्रकाशित मिति: ०१:३३ बजे, मंगलबार, असोज ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्