Kathmandu Press

नेविसंघले भन्यो- त्रिविमा देखिएको समस्या तत्काल समाधान गरियोस् 

काठमाडौं, असोज ५ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वार्ता र सम्वादमार्फत त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न माग...
नेविसंघले भन्यो- त्रिविमा देखिएको समस्या तत्काल समाधान गरियोस् 

काठमाडौं, असोज ५ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वार्ता र सम्वादमार्फत त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न माग गरेको छ।

सोमबार नेविसंघका अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति जारी गरी विश्वविद्यालयभित्र देखिएको समस्या वार्ता र सम्वादमार्फत समाधान गर्न माग गरेका हुन्। ‘शैक्षिक सुधारका लागि त्रिविसँग कुनै योजना छैन, शैक्षिक सुधारका लागि विद्यार्थीले आन्दोलन गर्न खोजे झुठा मुद्धा लगाएर प्रहरी दमन गरिन्छ”, उनले भनेका छन्।

अध्यक्ष ढुंगानाले विश्वविद्यालयभित्र दैनिक प्रहरीको प्रवेश आपत्तिजनक भएको बताए। सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने उनको भनाइ छ। 

नेविसंघका महामन्त्री दिपक भट्टराईले त्रिविमा प्रहरी उपस्थित गराएर विद्यार्थी र प्राध्यापकलाई आतङ्कित पार्ने काम भएको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने बताए। 

विश्वविद्यालयले विद्यार्थीले राखेको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। महामन्त्री भट्टराईले नेविसंघले विगतमा त्रिविका बेथिति अन्त्य गर्न आवाज उठाउँदै ज्ञापन पत्र दिएपनि ज्ञापनपत्रको सुनुवाइ नभएको बताए।
 

प्रकाशित मिति: ००:४९ बजे, मंगलबार, असोज ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्