Kathmandu Press

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक 

काठमाडौं, असोज ५  : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। कांग्रेसले असोज १९ गते दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा...
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक 

काठमाडौं, असोज ५  : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। 

कांग्रेसले असोज १९ गते दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गरी केन्द्रीय समितिको बैठक असोज १९ गते सोमबार दिउँसो २ बजेका लागि बोलाइएको जानकारी दिएका छन्।

बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका विषयमा मुख्यरुपमा छलफल हुने मुख्यसचिव पौडलले जानकारी दिए। यस्तै, केन्द्रीय समितिको बैठकअघि असोज १५ गते सबै पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यको कोरोना परीक्षण गर्नु पर्नेछ। 

‘कोभिड–१९ को महामारीका कारण बैठक अगाडि पीसीआर परीक्षणको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको हुँदा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले अनिवार्य रुपमा असोज १५ गते बिहान ११ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई परीक्षण गराउनु हुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: ००:२७ बजे, मंगलबार, असोज ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्