Kathmandu Press

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा थप ६ जनाको मृत्यु

काठमाडौं, असोज ५ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा थप ६ जनाको मृत्यु भएको छ। कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६...
कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा थप ६ जनाको मृत्यु
फाइल तस्वीर

काठमाडौं, असोज ५ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा थप ६ जनाको मृत्यु भएको छ। 

कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार काठमाडौंमा ५८ र ७३ वर्षीय पुरुष, भक्तपुरमा ६२ र ८४ वर्षीय पुरुष तथा ललितपुरमा ६१ वर्षीय पुरुष र ५८ वर्षीया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको हो।  

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार सोमबारमात्रै देशभर कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। 

योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४२७ पुगेको छ। 

प्रकाशित मिति: २२:४७ बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्