मोरङमा एकैदिन थपिए १०७ जना कोरोना संक्रमित
काठमाडौं, असोज ५ : मोरङमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार गरिएको परीक्षणमा मोरङमा थप १०७ जनामा कोरोनाको संक्रमण पुष्टि...
काठमाडौं, असोज ५ : मोरङमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार गरिएको परीक्षणमा मोरङमा थप १०७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये ६१ पुरुष र ४६ महिला रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। संक्रमितमध्ये ४७ हजार २३८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४२७ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर १००५ जना घर फर्किएका छन्।
प्रकाशित मिति: २२:१९ बजे, सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

