काठमाडौंमा ५३८ सहित उपत्यकामा थपिए ६७४ जना कोरोना संक्रमित
काठमाडौंमा ५३८ सहित उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, असोज ५ : काठमाडौंमा ५३८ सहित उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै, नेपालमा थप ११५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। संक्रमितमध्ये ४७ हजार २३८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४२७ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर १००५ जना घर फर्किएका छन्।
प्रकाशित मिति: २२:११ बजे, सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

