पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु
काठमाडौं, असोज ५ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको...
काठमाडौं, असोज ५ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।

यस्तै, नेपालमा थप ११५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। संक्रमितमध्ये ४७ हजार २३८ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर १००५ जना घर फर्किएका छन्।
प्रकाशित मिति: २२:०७ बजे, सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

