Kathmandu Press

राष्ट्रियसभा सदस्य बामदेव गौतमविरूद्ध सर्वोच्चमा रिट दायर 

काठमाडौं, असोज ५ : राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। राष्ट्रियसभा सदस्यका रुपमा काम...
राष्ट्रियसभा सदस्य बामदेव गौतमविरूद्ध सर्वोच्चमा रिट दायर 
बामदेव गौतम

काठमाडौं, असोज ५ : राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। 

राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न रोक लगाउनु पर्ने आदेशको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले गौतमविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्। रिट निवेदक त्रिपाठीले राष्ट्रियसभा सदस्यमा गौतमको नियुक्ति संविधानविपरीत भएको दाबी गरेका छन्। 

रिटमा त्रिपाठीले प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएकालाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको र गौतमको नियुक्ति बदर गर्न माग गरेका छन्। उनको रिट निवदेनमाथि बुधबार सुनुवाइ हुनेछ।

सरकारको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन्। राष्ट्रपतिले मनोनीत गरेकै दिन गौतमले राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथ  ग्रहण गरेका थिए। 

प्रकाशित मिति: २१:५७ बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्