Kathmandu Press

राष्ट्रपति भण्डारी राजकीय भ्रमणमा चीन प्रस्थान

काठमाडौं, वैशाख ११ : राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणमा चीन प्रस्थान गरेकी छिन्। राष्ट्रपति आज बिहान नेपाल एयरलाइन्सको जहाजबाट चीन प्रस्थान ....

राष्ट्रपति भण्डारी राजकीय भ्रमणमा चीन प्रस्थान

काठमाडौं, वैशाख ११ : राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणमा चीन प्रस्थान गरेकी छिन्। राष्ट्रपति आज बिहान नेपाल एयरलाइन्सको जहाजबाट चीन प्रस्थान गरेकी हुन्।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महराले विदाइ गरे।

राष्ट्रपतिले चिनियाँ सकमक्षी सी जिनपिङसँग वैशाख १६ गते भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। त्यस्तै, उच्चस्तरीय चीनियाँ अधिकारीसँग पनि भेटवार्ता हुने जनाएको छ।

उच्चस्तरीय वार्तासँगै नेपाल र चीनबीच आधा दर्जन पत्राचार तथा प्रोटोकलमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

त्यसअघि राष्ट्रपतिले बीआरआई सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपतिको भ्रमण टोली ४३ सदस्यीय हुने छ। जसमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, राष्ट्रपति कार्यालयका विज्ञहरू शुशीलराज प्याकुर्‍याल र लालवावु यादव रहेका छन्।

त्यस्तै, भ्रमण टोलीमा सांसदहरू ज्ञानेन्द्रबहादुर कार्की, योगेश भट्टराई, रामेश्वर राय यादव, कमलकुमारी ओली, प्रेमप्रसाद तुलाचन, विमला विश्वकर्मा, गजेन्द्रबहादुर महत सहभागी छन्। 

परराष्ट्र सचिव शंकरदास बैरागी दाहाल, उद्योग वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, राष्ट्रपति कार्यालय सचिव विनोद केसी, निजी चिकित्सक डा.धर्मकान्त बास्कोटा, शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी, सहसचिव गणेशप्रसाद ढकाल (परराष्ट्र), सहसचिव छविन्द्र पराजुली र डा.जिवस शाह (राष्ट्रपति कार्यालय) पनि भ्रमण टोलीमा रहेका छन्।

राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, वैशाख ११, २०७६