Kathmandu Press

धरानमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, असोज ५ : कोरोना संक्रमणबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। झापाकी ७२ वर्षीया र...
धरानमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, असोज ५ : कोरोना संक्रमणबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

झापाकी ७२ वर्षीया र ४९ वर्षीया महिलाको मृत्यु भएको  प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार ७२ महिलामा श्वासप्रश्वासमा समस्या, छाती दुख्ने, शरीर कमजोर हुने तथा निमोनियाको लक्षण देखिएको थियो।

आइतबार प्रतिष्ठानमा भर्ना भएकी उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। उनको आइतबार राति मृत्यु भएको हो।

त्यस्तै, ४९ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको हो। उनमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी समस्या रहेको थियो।

दुवैजनाको शव नियमअनुसार नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति: २१:३९ बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्