Kathmandu Press

ताप्लेजुङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना संक्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
ताप्लेजुङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, असोज ५ : कोरोना संक्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

ताप्लेजुङकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सोमबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए।  
 
उच्च रक्तचाप र कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।  

योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ।

प्रकाशित मिति: २०:१२ बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्