Kathmandu Press

काभ्रेकाे पाँचखालका विद्यालय खुले, पठनपाठन सुरु

काठमाडौं, असोज ५ : कोरोना भाइरसका कारण देशभरका विद्यालय बन्द रहेको भएपनि काभ्रेको पाँचखाल नगरपालिकाले विद्यालय खोलेको छ। सोमबारदेखि नगरभित्रका सबै विद्यालयमा पठनपाठन...
काभ्रेकाे पाँचखालका विद्यालय खुले, पठनपाठन सुरु
फाइल फाेटाे

काठमाडौं, असोज ५ : कोरोना भाइरसका कारण देशभरका विद्यालय बन्द रहेको भएपनि काभ्रेको पाँचखाल नगरपालिकाले विद्यालय खोलेको छ। सोमबारदेखि नगरभित्रका सबै विद्यालयमा पठनपाठन सुरु भएको छ।

शिक्षा मन्त्रालय, प्याब्सन र एनप्याब्सनसँगको छलफल पछि विद्यालय सञ्चालन गरिएको पाँचखालका मेयर महेश खरेलले बताए । ‘विद्यार्थीमा मानसिक असर नपरोस भनेर पनि सुरक्षित रुपमा विद्यालय सञ्चालन गरिएको हो,’ उनले भने।

असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन भएपछि नगरपालिकाले विद्यालय सञ्चालन गर्ने योजना बनाएको थियो। नगरपालिकाभित्र कोरोना संक्रमण नियन्त्रणमा आइसकेकाले विद्यालय खोलिएको उनको भनाइ छ।

Hardik ivf

सावधानी अपनाएर पठनपाठन सुरु गरिएको जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद ढुंगानाले बताए। अभिभावसँग छलफल गरी पठनपाठन सुरु गरिएको उनको भनाइ छ।

एक बेच्चमा एकजना मात्रै राखेर अध्ययन गराउन थालिएको उनले बताए। ‘हात धुन साबुन, पानी तथा स्यानिटाइजर राखिएको छ,’ उनले भने।

पाँचखालमा ५८  विद्यालय छन्। जसमा ४९ सार्वजनिक र नौ निजी विद्यालय छन्। सोमबारदेखि सबै विद्यालयमा पठनपाठन सुरु भएको उनले बताए।

पाँचखालमा अहिलेसम्म १७ जना कोरोना संक्रमण देखिएको छ। उनीहरुमध्ये १४ जना निको भइसकेका छन्। ‘कोरोना नियन्त्रण आएको भएपनि विद्यालयहरुलाई सुरक्षा अपनाएर पठनपाठन गर्न भनेका छौं। सबै विद्यालयमा मास्क वितरण गरिएको छ,’ मेयर खरेलले भने।

त्यस्तै, प्रत्येक विद्यालयलाई साबुन किन्न प्रशासनिक खर्च पठाइएको नगरपालिकाले जनाएको छ। विद्यालयमा एक बेन्चमा एक जना मात्र बस्ने गरी व्यवस्था गरिएको छ। धेरै विद्यार्थी भएको विद्यालयमा सेक्सन थप्न लगाइएको छ।

यससँगै दूरी कायम गरेर पठनपाठन गर्न सचेत गराइएको मेयर खरेलले बताए। ‘नियम पालना भएको छ कि छैन भनेर अवलोकन पनि गर्छौं,’ उनले भने।

प्रकाशित मिति: २०:११ बजे, सोमबार, असोज ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्